राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद रोशन कार्कीले भूमीसम्बन्धी विधेयकले धेरै प्रश्न उब्जाएको बताउनुभएको छ । मंगलवार प्रतिनिधि सभामा भूमी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथिको छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो । सांसद कार्कीले विधेयक देश र जनताको हितमा भन्दा पनि आफ्ना कार्यकर्ताको हितमा ल्याएको आरोप लगाउनु भयो ।