भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमी विधेयक, २०८२ पूरै अध्ययन नगरी सतही रुपमा व्याख्या नगर्न आग्रह गर्नुभएको छ । मंगलवार प्रतिनिधि सभामा भूमी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री अधिकारीले विधेयक कुन उद्देश्यका निमित्त आएको हो भन्ने कुरालाई गम्भीरतापूर्वक अध्ययन गर्न आग्रह गर्नुभएको हो । विधेयक कानूनमा भएका केही अप्ठ्याराहरुलाई फुकाउने गरी ल्याइएको उहाँको भनाइ थियो ।