नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले सरकारले दण्डहीनतालाई प्रोत्साहन गरेको आरोप लगाउनुभएको छ । नेपाली काँग्रेस आर्थिक नीति तथा योजना विभागद्वारा आयोजित बदलिँदो विश्व परिवेशमा नेपालले अंगाल्नुपर्ने आर्थिक नीति विषयक अन्तरक्रियामा बोल्दै उहाँले भ्रष्टाचारमा लिप्त भएकै कारणले मुलुक बन्न नसकेको टिप्पणी गर्नुभएको हो । उहाँले अमेरिका, बेलायत लगायतका मुलुकमा बसोवास गर्ने अथवा काम गर्नेले नेपालमा पैसा पठाउनुको साटो यहाँका घरजग्गा विक्री गरेर उतै घरबार जोड्ने गरेको बताउनु भयो ।