गृहमन्त्री रमेश लेखकले सरकार र गैह्रसकारी दुवै क्षेत्र मिलेर विपद् जोखिम न्युनिकरणको लागि पूर्वतयारीमा लाग्नुपर्नेमा जोड दिनुभएको छ । मंगलवार बसेको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले यस्तो आह्वान गर्नुभएको हो । उहाँले पूर्वमनसुनको अवस्था रहेकाले मनसुनको बेलामा हुने विपद् जोखिम न्युनिकरण गर्नेबारेका छलफल भएको बताउनु भयो । उहाँले ¥याफ्टिङ एशोसिएशन र पर्वतारोहण संघ लगायत निजी क्षेत्रसँग छलफल भएको बताउनु भयो ।