संवैधानिक परिषद्को अध्यक्ष र तत्काल बहाल रहेका सदस्य संख्याको ५० प्रतिशतबाट निर्णय गर्नसक्ने प्रावधानप्रति प्रतिपक्षी दलका सांसहरुले असहमति प्रकट गरेका छन् । मंगलवार राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बसेको हो । जसमा बोल्दै प्रतिपक्षी दलका सांसदहरुले संवैधानिक परिषद्को अध्यक्ष र तत्काल बहाल रहेका सदस्य संख्याको ५० प्रतिशतबाट निर्णय गर्नसक्ने प्रावधानप्रति प्रतिपक्षी दलका सांसहरुले असहमति जनाएका हुन् । समितिको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्कीले संवैधानिक परिषद्मा ६ जना हुने र त्यसको जनाको ५० प्रतिशतले निर्णय गर्नेकुरा अलोकतान्त्रिक भएको बताउनु भयो । यसरी निर्णय गर्नु भन्दा सर्वसम्मत बनाउनसके लोकतान्त्रिक विधि र बाटोतर्फ जान सकिने बताउनु भयो ।