ट्रम्पद्वारा १७५ अर्ब अमेरिकी डलरको ‘गोल्डेन डोम’ मिसाइल ढाल परियोजनाको अनावरण

जेठ ७, २०८२ बुधबार
ट्रम्पद्वारा १७५ अर्ब अमेरिकी डलरको ‘गोल्डेन डोम’ मिसाइल ढाल परियोजनाको अनावरण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलवार ‘गोल्डेन डोम’ नामक १७५ अर्ब अमेरिकी डलरको मिसाइल प्रतिरक्षा प्रणालीको घोषणा गर्नुभएको छ । जसलाई ट्रम्पले ‘म्यानहट्टन परियोजना–स्तरीय’ पहलको रूपमा वर्णन गर्नुभएको छ । जसको नेतृत्व गर्न अमेरिकी अन्तरिक्ष बलका जनरल माइकल गुएटलिनलाई नियुक्त गर्नुभयो । अमेरिकी रक्षा सचिव पिट हेगसेथ र गुएटलिनसँगै ओभल अफिस घोषणाको क्रममा ट्रम्पले यो परियोजना तीन वर्ष भित्र पूरा हुने र क्यानडासहित सम्पूर्ण महाद्वीपीय संयुक्त राज्य अमेरिकालाई हवाई खतराबाट जोगाउने खुलासा गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images