'ट्रेड युनियनका नेताहरुको विलाशी जीवनशैलीमाथि प्रश्न’

जेठ ७, २०८२ बुधबार
'ट्रेड युनियनका नेताहरुको विलाशी जीवनशैलीमाथि प्रश्न’

पेशागत महासंघ नेपालले टे«ड युनियनका नेताहरुको जीवनशैलीमा प्रश्न उठाएको छ । मंगलवार पेशागत महासंघ नेपालको ३१ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै पेशागत महासंघ नेपालका अध्यक्ष प्रेमलकुमार खनालले टे«ड युनियनका नेताहरुको बदलिँदो सौखिन जीवनशैलीबारे प्रश्न उठेका भन्दै छलफल गर्नुपर्ने बेला भएको बताउनुभएको हो । उहाँले टे«ड युनियनका नेताहरुमाथि सरुवा, बढुवाको लिस्ट बोकेर व्यवस्थापन र सरकारलाई बुझाउने र सरुवा, बढुवाका लागि थर्काएर सरुवा हुनेबाट घुस लिने गरेको गुनासो आइरहेको भन्दै यसबारे अनुसन्धान जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले टे«ड युनियनलाई भ्रष्टको ट्याग लागेको भन्दै यसले राम्रो नगर्ने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images