उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले लोडसेङिको हल्ला सामाजिक सञ्जालको हल्ला मात्रै भएको बताउनुभएको छ । बुधवारको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री खड्काले यस्तो बताउनुभएको हो । उहाँले बजारमा आएका हल्लाहरु सस्तो लोकप्रियताका लागि आएका बताउनु भयो । उहाँले मर्मतसम्भारका लागि बाहेक अन्य कुनैपनि बहानामा लोडसेडिङ्ग नहुने बताउनु भयो । उहाँले बेला बखत विद्युत विच्छेद हुने अवस्था आजमात्रै नभइ यसअघिको वर्षहरुमा पनि भएको बताउनु भयो । उहाँले गत वर्षमा पनि वर्षमा ७ सय घण्टासम्म यसरी विभिन्न पटक विद्युत गएको दाबी गर्नुभयो । कहिले हावाहुरी, कहिले ठूला ठूला पोल ढलेका कारण, कहिले मान्छेकै कारण पनि विद्युत आपूर्तिमा समस्या भएको उल्लेख गर्नुभयो । मर्मत गरेको बेलामा विच्छेद हुने बाहेक लोडसेडिङको अवस्था नरहेको र आगामी वर्षहरुमा झनै नहुने दाबी गर्नुभयो ।