आर्थिक क्षेत्रमा राष्ट्र बैंकको भुमिका महत्वपूर्ण छ, त्यसैअनुसार काम गर्छुः नवनियुक्त गभर्नर पौडेल

जेठ ७, २०८२ बुधबार
आर्थिक क्षेत्रमा राष्ट्र बैंकको भुमिका महत्वपूर्ण छ, त्यसैअनुसार काम गर्छुः नवनियुक्त गभर्नर पौडेल

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहणपछि नवनियुक्त गभर्नर पौडेलले पाँच सय र एक हजारका नयाँ नोट छपाई गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको थियो । पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै उहाँले मौद्रिक नीति र वित्त नीति अलग विषय रहेको बताउनु भयो । मौद्रिक नीतिले सरकारको वित्त नीति कार्यान्वयनमा केही अवरोध गरेको भए परिमार्जन गर्दै जाने उहाँले बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images