बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) का अध्यक्ष उपेन्द्र पौडेलले बैंक तथा वित्तीय संस्थाका संचालक बन्नका लागि उमेरहद नराख्न प्रश्ताव गर्नुभएको छ । अर्थ समितिमा बुधवार भएको बाफिया विधेयकमाथिको छलफलमा भाग लिँदै उहाँले उमेरमा भन्दा पनि योग्यता, अनुभवलाई हेरिनुपर्ने बताउनुभएको हो । उहाँले सञ्चालक पदावधि सकिएपछि पुन नियुक्ति हुनसक्ने व्यवस्था राखिनुपर्ने बताउनु भयो ।