डेभलपमेण्ट एशोसिएशन नेपालका उपाध्यक्ष दिनेश थकालीले विकास बैंकहरुलाई सरकारले गरेको वर्गिकरण ठिक नभएको बताउनुभएको छ । अर्थ समितिमा बुधवार भएको बाफिया विधेयकमाथिको छलफलमा भाग लिँदै उहाँले त्यसरी वर्गिकरण गर्दा जनमानसमा घ वर्गको बैंकलाई खराब नजरले हेर्ने गरिएको बताउनुभएको हो । उहाँले कमर्सियल बैंकहरुले परियोजनाहरु लगानी गरेजस्तै घरेलु तथा मझौला उद्योगको विकासका लागि विकास बैंकले लगानी गरेको बताउनु भयो । कृषि उपज व्यवसायमा लगानी गरेको यो क्षेत्रलाई वर्गिकरणका कारण जनमानसमा नकारात्मक सन्देश प्रवाह गर्ने वतावरण बनाउन नहुने बताउनु भयो ।