जल तथा मौसम विज्ञान विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । विभागले बुधवार काठमाडौंमा आयोजना गरेको “राष्ट्रिय मनसुन फोरम–२०८२” का अवसरमा विभाग र इप्पानबीच जलविद्युत आयोजनामा पूर्वसूचना प्रणाली विकास गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारी पत्रमा विभागका तर्फबाट महानिर्देशक कमलराम जोशी र इप्पानका तर्फबाट अध्यक्ष गणेश कार्कीले हस्ताक्षर गर्नुभयो ।