पोखरा विमानस्थलमा मेरो कार्यकालमा कुनै अनियमितता भएको भए कारबाहीको दायरामा आउँछुः सांसद भट्टराई

जेठ ७, २०८२ बुधबार
पोखरा विमानस्थलमा मेरो कार्यकालमा कुनै अनियमितता भएको भए कारबाहीको दायरामा आउँछुः सांसद भट्टराई

नेकपा एमाले सांसद योगेशकुमार भट्टराईले आफ्नो कार्यकालमा पोखरा विमानस्थलमा कुनै अनियमितता भएको अख्तियारले छानविन गरेको खण्डमा आफू बयान दिन जाने बताउनुभएको छ । बुधवारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आवश्यक छानविन गरीकन यथार्थ विवरण अख्तियारले पनि समितिमा पठाउन जरुरी रहेको बतउनु भयो । उहाँले साथै आवश्यक कारबाही गर्न पछि हट्न नहुने बताउनु भयो । निर्णयको प्रक्रियामा आफ्नो पार्टीको कोही संलग्न भएको भए काराबाहीको दायरामा आउने प्रतिवद्धता जनाउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images