सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले सभापति खानकै लागि मात्रै आफू सभापति नबनेको बताउनुभएको छ । बुधवारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले तत्कालीन समयमा राजनीतिक सहमतिका आधारमा निर्णय गर्दा आफूले सार्वजनिक लेखा समितिको जिममेवारी पाएको बताउनुभएको हो । उहाँले त्यसमा असन्तुष्टि भएको भए सबै जिम्मेवार बनेर संसलाई पुनः सबै समितिको पुनःविचार गर्न आग्रह गर्नुपर्ने बताउनु भयो । उहाँले समितिको बैठकबाटै राजनीतिक सहमति पुनः गरौँ भनेर निर्णइ गर्न आग्रह गर्नुभयो ।