नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले संसदीय समितिमा प्रतिपक्षलाई बोल्न रोकिएको भन्दै आपत्ति जनाउनुभएको छ । बिहीवारको सार्वजनिक लेखा समितिमा बोल्दै उहाँले समिति सभापतिसँग आपत्ति जनाउनुभएको हो । उहाँले संसद सार्वभौम हुने र सार्वजनिक विषयमा कुरा राख्न पाइने बताउनु भयो । आफूहरुलाई लागेको विषय समितिमा राख्दा रोक्न नमिल्ने भन्दै आफूहरु कसैको दास नभएको बताउनु भयो । सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षको हुनुपर्ने दोहा¥याउनु भयो ।