संसदीय समितिले समन्वयकारी भुमिका निर्वाह गर्दै मनसुनजन्य विपद् जोखिम न्युनिकरण, विपद् प्रतिकार्यका लागि तयारी गर्न तीन तहकै सरकारलाई निर्देशन दिएको छ । बिहीवार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले समन्वयकारी भुमिका निर्वाह गर्दै मनसुनजन्य विपद् जोखिम न्युनिकरण, विपद् प्रतिकार्यका लागि तयारी गर्न निर्देशन दिएको हो । समितिको तर्फबाट निर्देशन दिँदै सभापति सोनाम गेल्जेन शेर्पाले बैठकले आगलागी, भूकम्प, मनसुनजन्य विपद् लगायत भविष्यमा हुनसक्ने अन्य विपद् जोखिम न्युनिकरणका लागि तयारीमा रहन सम्बन्धित निकायलाई निर्देशन दिएको बताउनु भयो ।