दक्षिणपश्चिम चीनको गुइझोउ प्रान्तमा बिहीवार गएको पहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । अन्य १७ जना अझै फसेको प्रान्तीय सरकारले जनाएको छ । बिजी शहर अन्तर्गत दाफाङ काउन्टीको चाङ्शी र गुओवा टाउनशिपमा एकै दिन दुई छुट्टाछुट्टै पहिरोमा परी क्रमशः दुई र १९ जना फसेका छन् । बिहीवार राति ९ बजेसम्म चाङ्शीमा दुई र गुओवामा दुई जनाको शव निकालिएको थियो ।