एफसी बार्सिलोनाले प्रशिक्षक हान्सी फ्लिकले क्लवसँगको आफ्नो सम्झौता जुन २०२७ को अन्त्यसम्म विस्तार गर्न सहमत हुनुभएको घोषणा गरेको छ । फ्लिकको मूल सम्झौता, जुन २०२६ मा समाप्त हुनेवाला थियो । बायर्न म्युनिख र जर्मन राष्ट्रिय टोलीका पूर्वप्रमुखले आफ्नो पहिलो सिजनको जिम्मेवारीमा बार्सालाई यस सिजनको ला लिगा उपाधि, कोपा डेल रे र स्पेनिस सुपरकपमा पु¥याएकोमा यो सम्झौता आएको हो । फ्लिकको एकमात्र निराशा च्याम्पियन्स लिगको सेमिफाइनलमा इन्टर मिलानसँग अतिरिक्त समय पछिको साँघुरो हार थियो ।