सांस्कृतिक विविधता र किराँत धर्मलाई उजागर गर्न पर्यटन वर्ष मनाइरहेका छौँः मन्त्री मण्डल

जेठ ९, २०८२ शुक्रबार
सांस्कृतिक विविधता र किराँत धर्मलाई उजागर गर्न पर्यटन वर्ष मनाइरहेका छौँः मन्त्री मण्डल

कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले प्रदेशको सांस्कृतिक विविधता र किराँत धर्मलाई उजागर गर्न ‘कोशी प्रदेश पर्यटन वर्ष–२०८२’ मनाउन लागिएको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मण्डलले यस्तो बताउनुभएको हो । उहाँले प्रदेशको भेषभूषा, रहनसहन र संस्कृतिहरु विशेष रहेको उल्लेख गर्दै त्यसको उजागर गर्नको लागि प्रदेश सरकार लागि परेको बताउनु भयो । उहाँले पदमार्गमा आधारित पर्यटन प्रवद्र्धन गर्न चारवटा तिब्बत मार्ग निर्माणको काम समेत अघि बढाइएको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images