लुम्बिनीलाई ‘अन्तर्राष्ट्रिय शान्ती शहर’का रुपमा विकास गर्छौंः पर्यटनमन्त्री पाण्डे

जेठ ९, २०८२ शुक्रबार
लुम्बिनीलाई ‘अन्तर्राष्ट्रिय शान्ती शहर’का रुपमा विकास गर्छौंः पर्यटनमन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेले लुम्बिनीलाई ‘अन्तर्राष्ट्रिय शान्ती शहर’का रुपमा विकास गर्ने सरकारको योजना रहेको बताउनुभएको छ । काठमाडौंमा शुक्रवार बीआईटीएम २०२५ को उद्घाटन गर्नुहुँदै मन्त्री पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले नेपाललाई बौद्ध, आध्यात्म र शान्ति पर्यटनको विश्व केन्द्रको रूपमा स्थापित गर्ने उद्देश्य रहेको बताउनु भयो । नेपाललाई बौद्ध सांस्कृतिक सम्पदाको केन्द्र बनाउँदै आध्यात्मिक पर्यटकलाई आकर्षित गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भयो । मन्त्री पाण्डेले बौद्ध पर्यटन प्रवद्र्धनका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र सडक सञ्जालको प्रभावकारी पहुँच स्थापित गर्ने काम भइरहेकोसमेत बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images