शहीद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला च्याम्पियनसिप अर्को साता हुने भएको छ । शहीद स्मृति स्पोटर््स एकेडेमीको आयोजना र नेपाल रग्बी संघको प्राविधिक सहयोग तथा व्यवस्थापनामा आगामी जेठ १२ गते शहीद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला च्याम्पियनसिप हुन लागेको हो । प्रथम शहीद स्मृति राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत रग्बी, ब्याडमिन्टन, फुटसल र तेक्वान्दो गरी चार खेलको राष्ट्रिय च्याम्पियनसिप हुँदैछन् ।