नेपाली काँग्रेसका नेता नारायणप्रकाश साउँदले नेपालमा बढ्दो राजनीतिक अस्थिरता र भ्रष्टाचारको समस्या समाधानका लागि स्थिर सरकारको आवश्यकता रहेको बताउनु भएको छ । शुक्रवार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक समस्या र समाधानसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता साउँदले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक अस्थिरताको जड नै वर्तमान संसदीय प्रणालीमा रहेको उल्लेख गर्दै राष्ट्रिय सहमति गरेर पाँच वर्षसम्म स्थिर सरकार बनाउनेतर्फ ध्यान दिनुपर्ने बताउनु भयो । नेता साउदले सरकारी कर्मचारीहरूलाई जिविकोपार्जनका लागि पर्याप्त स्रोत उपलब्ध गराउन नसकिएको कारण अनैतिक गतिविधिहरू बढेको उल्लेख गर्नुभयो ।