जाम्बियाले जलवायु सूचना र पूर्वानुमानको शुद्धता, पहुँच र प्रयोगमा सुधार गर्न राष्ट्रिय रूपरेखा शुरु गरेको छ । देशले जलवायु लचिलोपन निर्माण गर्न र दिगो विकासलाई प्रवद्र्धन गर्न प्रयासहरू तिब्र पारेको हो । विश्व मौसम विज्ञान संगठनको जलवायु सेवाहरूको लागि विश्वव्यापी रूपरेखासँग पङ्क्तिवद्ध जलवायु सेवाहरूको लागि राष्ट्रिय रूपरेखाले प्रमुख क्षेत्रहरूमा राष्ट्रिय योजना र निर्णय प्रक्रियामा जलवायु डेटा एकीकृत गर्ने लक्ष्य राखेको छ ।