अमेरिकामा नबनाइएका स्मार्टफोनहरूमा सम्भावित कर लगाउने ट्रम्पको चेतावनी

जेठ १०, २०८२ शनिबार
अमेरिकामा नबनाइएका स्मार्टफोनहरूमा सम्भावित कर लगाउने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एप्पललाई लक्षित गर्दै अघिल्लो घोषणापछि सामसुङ र अन्य स्मार्टफोन उत्पादकहरूमा कर लगाउने चेतावनी दिनुभएको छ । जुनको अन्त्यमा यो लागू हुने उहाँको भनाइ छ । सामसुङ दक्षिण कोरियाली कम्पनी हो । जसको ग्यालेक्सी सिरिज एप्पलको आईफोनको प्रमुख प्रतिष्पर्धी हो । केही दिनअघि ट्रम्पले सामाजिक सञ्जालमा जबसम्म आईफोनहरू संयुक्त राज्य अमेरिकामा बनाइँदैनन् तबसम्म एप्पलका उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने बताउनु भयो । ट्रम्पले वार्तामा अपर्याप्त प्रगति भएको उल्लेख गर्दै जुन १ देखि युरोपेली संघबाट हुने सबै आयातहरूमा ५० प्रतिशत कर लगाउने चेतावनी दिनुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images