स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले देशलाई समृद्धिको बाटोमा लैजानसक्ने जलविद्युत क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर सरकारले आगामी वर्षको बजेट ल्याउनुपर्ने बताउनुभएको छ । बजेटमा निजी क्षेत्रको अपेक्षाबारेमा कुराकानी गर्दै उहाँले जलविद्युत क्षेत्रले नै यो मुलुकलाई समृद्धिको दिशामा डो¥याउन सक्ने भएकाले बजेट छरेर नल्याउन आग्रह गर्नुभएको हो । उहाँकाअनुसार मन्त्रिपरिषद्बाट २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने योजना स्वीकृत भएर कार्यान्वयनमा गइसकेकाले बजेट सोहीअनुसार आउनुको विकल्प छैन ।