उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएन भनेर भ्रम छर्नेकुरा फेसन जस्तो भएको टिप्पणी गर्नुभएको छ । शनिवार काठमाडौंमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ काठमाडौं महानगर समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले के भयो र ? के भएको छ र ? जस्ता भाष्यहरु बनाएर प्रजातन्त्रले के ल्यायो भन्दै प्रश्न गर्ने काम भइरहेको बताउनु भयो । अभिव्यक्ति स्वतन्त्रताको अधिकार कसले दियो ? भन्दै प्रश्न गर्नुभयो ।