राम्रो लेखक हुन राम्रो पाठक पनि हुनुपर्छः मन्त्री पन्त

जेठ १०, २०८२ शनिबार
राम्रो लेखक हुन राम्रो पाठक पनि हुनुपर्छः मन्त्री पन्त

लेखक कल्पना रिजालको पूर्वीय दर्शन, प्रकृति र राष्ट्रियतासम्बन्धी ‘डाँफे’ कृतिको लोकार्पण गरिएको छ ।  शनिवार काठमाडौंमा एक समारोहका बीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त लगायतले उक्त कृतिको लोकार्पण गर्नुभएको हो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पन्तले लेखक तथा बौद्धिक समुदायलाई वैदिक साहित्य र अध्यात्मबारे लेख्न आह्वान गर्नुभयो । उहाँले रामायण र महाभारतका नारी पात्रहरुको बारे लेखिएको पुस्तकहरुको अध्ययन गर्न समेत आग्रह गर्नुभयो । लेखकले आफू बसिरहेको समाज र आफूसँग उपलब्ध ज्ञानका स्रोतहरू उल्लेख गरेर पुस्तक लेख्नुपर्नेमा उहाँको जोड छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images