ललितपुर महानगरपाकिलाका प्रमुख चिरिबाबु महर्जनले काम गर्नका लागि नेपालमा धेरै अफ्ठ्यारो रहेको बताउनुभएको छ । आईतवार महानगरपालिकामा आयोजित विपद् स्वयंसेवक परिचालन आधारभुत तालिम कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो गुनासो गर्नुभएको हो । उहाँले कुनैपनि काम गर्दा ऐन, कानूनमा ह्रस्व, दीर्घ मिलेन भने रातो घरमा उभिनुपर्ने अवस्था रहेको बताउनु भयो । उहाँले २०७८ सालको असारको पहिलो हप्तामा धापाखेलमा धेरै बिगार हुनेगरी बाढी गएको र त्यहाँको अवस्थालाई हेरेर तत्कालै २२—२३ लाख रुपैयाँ सहयोग गरेकाले अहिले पनि आफू अख्तियारमा बयानका लागि धाइरहेको बताउनु भयो ।