प्रचिण्डलक्षित प्रधानमन्त्रीको टिप्पणीः ‘वास्तवमा ती वामपन्थी थिएनन्’

जेठ ११, २०८२ आइतबार
प्रचिण्डलक्षित प्रधानमन्त्रीको टिप्पणीः ‘वास्तवमा ती वामपन्थी थिएनन्’

प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले विदेशी उद्देश्यको मतियार भएर तत्कालिन एमाले विभाजन गर्न भुमिका खेलेको आरोप लगाउनुभएको छ ।  आईतवार नेकपा (एमाले) बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आरोप लगाउनुभएको हो । अध्यक्ष दाहाललाई लक्षित गर्दै उहाँले एमालेलाई अभिवाजित पार्टी रहन नदिन र नेपाललाई गरीखान नदिनको लागि विदेशी उद्देश्यको मतियार भएको टिप्पणी गर्नुभयो । उहाँले क्रान्तीको नाममा विदेशबाट हतियार ल्याएर नेपाली जनता र टाउकोमा पड्काएको आरोप समेत लगाउनु भयो । उहाँले माओवादीले युद्धकालमा फालेका बमहरु पड्किएर अहिले पनि नागरिकले ज्यान गुमाउनु परिरहेको बताउनु भयो । प्रधानमन्त्री ओलीले विध्वंस मच्चाएको तत्वहरु वास्तवमा कम्युनिष्ट र वामपन्थी नभएको तर्क समेत गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images