निजी विद्यालयलाई गैरनाफामुलक बनाउनुपर्छः पूर्वशिक्षामन्त्री श्रेष्ठ

जेठ ११, २०८२ आइतबार
निजी विद्यालयलाई गैरनाफामुलक बनाउनुपर्छः पूर्वशिक्षामन्त्री श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टी सांसद एवं पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले निजी विद्यालयलाई राष्ट्रियकरण नभई गैरनाफामुलक बनाउनुपर्ने बताउनुभएको छ ।  आईतवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा पूर्वमन्त्री श्रेष्ठले विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा उहाँले निजी विद्यालयको हकमा राष्ट्रियकरण गर्ने नभई गैरनाफामुलक बनाउनुपर्ने बताउनुभएको हो । उद्योग मन्त्रालयले गरेको अनुगमनका विषयमा निजी विद्यालयहरुबाट आइरहेको विज्ञप्तिप्रति आपत्ति जनाउँदै नियमनमा कडाइका साथ लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images