रूस र युक्रेनले शनिवार इस्तानबुलमा हालै भएको वार्तामा भएको सम्झौता अन्तर्गत प्रत्येकले ३ सय ७ कैदी आदानप्रदान गरेको रूसी रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले ३ सय ७ रूसी सैनिकहरू किव–नियन्त्रित क्षेत्रबाट फर्किएका बताएको छ । जबकि बराबर संख्यामा युक्रेनी कैदीहरूलाई पनि रिहा गरिएको बताएको छ । रूसी पक्षले शुरु गरेको ठूलो मात्रामा आदानप्रदान जारी रहने बताएको छ । शुक्रवार घोषणा गरिएको प्रत्येक पक्षबाट २ सय ७० सैनिक र १ सय २० नागरिकको आदानप्रदान पछि यो आदानप्रदान भएको हो ।