सत्तारुढ दल नेपाली काँग्रेसको पदाधिकारी बैठक शुरु भएको छ । सोमवार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बैठक शुरु भएको हो । बैठकमा पार्टीका पछिल्ला गतिविधि, राजनीतकि समसामयिक गतिविधि, आगामी आर्थिक वर्षको बजेटबारे छलफल हुनेछ । साथै गृहमन्त्री रमेश लेखकबारे पनि छलफल केन्द्रित हुने बताइएको छ । आजको बैठकले गृहमन्त्री लेखकबारे आधिकारिक धारणा बनाउने बताइएको छ ।