‘विमानस्थल नचल्दा र सडक समयमै नबन्दा पर्यटन क्षेत्र मारमा’

जेठ १२, २०८२ सोमबार
‘विमानस्थल नचल्दा र सडक समयमै नबन्दा पर्यटन क्षेत्र मारमा’

होटल क्षेत्रमा अर्बौं लगानी भएपनि बनेका विमानस्थल नचल्दा र सडकहरु समयमै नबन्दा होटल क्षेत्र ठूलो मारमा परेको छ ।  होटल एशोशिएसन नेपाल (हान) का अध्यक्ष विनायक साहले अन्तर्राष्ट्रिय चेनहरु ल्याएर अर्बौं लगानी भएका होटलहरु खोले पनि राम्रो प्रतिफल पाउन नसकिएको बताउनु भयो । आगामी वर्षको बजेटबारे कुराकानी गर्दै अध्यक्ष शाहले होटल क्षेत्रमा क्षमता धेरै विस्तार भइसकेको बताउनु भयो । अध्यक्ष साहकाअनुसार हस्पीटालिटी क्षेत्रमा ३५–३६ लाख पर्यटक आउँदा पनि स्तरीय सेवा दिनसक्ने क्षमता छ । तर कनेक्टिभिटी सुचारु नहुँदा समस्या भइरहेको छ । उहाँकाअनुसार आर्थिक चाप, देशमा तरलता धेरै छ । वाह्य सूचकहरु राम्रो देखिन्छ । व्यवसायीहरुले अनुभुति गर्ने भनेको आन्तरीक अर्थतन्त्र चलायमानबाट नै हो । तर त्यस्तो रुपमा देखिँदैन ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images