काँग्रेसको निष्कर्ष– ‘भिजिट भिसा प्रकरणमा गृहमन्त्री निर्दोष हुनुहुन्छ’

जेठ १२, २०८२ सोमबार
काँग्रेसको निष्कर्ष– ‘भिजिट भिसा प्रकरणमा गृहमन्त्री निर्दोष हुनुहुन्छ’

सत्तारुढ दल नेपाली काँग्रेसले भिजिट भिसा तथा रकम असुली प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता नरहेको निष्कर्ष निकालेको छ । सोमवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको काँग्रेस पदाधिकारी बैठकले उक्त प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता नरहेको ठहर गरेको हो । बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले भिजिट भिसा तथा रकम असुली प्रकरणमा गृहमन्त्री निर्दोष रहेको बताउनु भयो । उहाँले गृहमन्त्रीले उक्त प्रकरणमा आफ्नै संलग्नता नरहेको र कुनै गल्ती नरहेको बताएपछि काँग्रेसले उहाँको कुरालाई पूर्ण रूपमा विश्वास गरेको बताउनु भयो । उहाँले भिजिट भिसा प्रकरणमा संलग्नहरूमाथि छानबिन र कारबाही हुनुपर्छ भन्नेमा दुई मत नरहेको स्पष्ट पार्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images