नेपाल राष्ट्र बैंक मुद्रास्फीतिलाई नियन्त्रणमा राख्न सफल देखिएको छ । राष्ट्र बैंकलले मौद्रिक नीतिको तेस्रो त्रयमाससम्मको कार्यान्वयन स्थितिको समीक्षा गर्दै नेपाल राष्ट्र बैंकले मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न नदिने गरी मौद्रिक व्यवस्थापन गर्ने र मुद्रास्फीतिलाई ५ प्रतिशतको हाराहारीमा राख्ने नीति लिइएकोमा सोही अनुरुप चालु आर्थिक वर्षको नौ महिनासम्मको औसत उपभोक्ता मुद्रास्फीति ४.५७ प्रतिशत रहेको जनाएको हो ।