नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार एक सार्वजनिक कार्यक्रममा राख्नुभएको धारणालाई काँग्रेसले सामान्य रुपमा लिएको बताउनुभएको छ । आईतवार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । शनिवार गोदावरीमा आयोजित नेकपा (एमाले) बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जेठ १५ गते राजधानी काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न दिर्नेशन दिनुभएको थियो । सोही विषयमा सञ्चारकर्मीहरुले प्रधानमन्त्रीले यस्तो भन्न मिल्छ भन्दै जिज्ञासा राखेका थिए । जसमा काँग्रेसले प्रधानमन्त्रीले आफ्नो धारणा राख्नुभएको तर एमाले भन्ने ठाउँमँ गणतन्त्रवादी जनता भन्ने शब्द राख्नुभएको हुने आफूहरुको भनाइ रहेको बताउनु भयो ।