नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई उत्तेजक बनाउने अभिव्यक्ति दिन नहुने बताउनुभएको छ । सोमवार बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले प्रधानमन्त्रीलाई आगामी दिनमा यस्ता उत्तेजक अभिव्यक्ति नदिन ध्यानाकर्षण गराउनुभएको हो । प्रधानमन्त्री ओलीले शनिवार गोदावरीमा आयोजित नेकपा (एमाले) वागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै जेठ १५ गते राजधानी काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न दिर्नेशन दिनुभएको थियो । जसमा काँग्रेस महामन्त्री थापाले आपत्ति जनाउनु भयो । उहाँले कसैले पनि उत्तेजनामा ल्याउने काम गर्न नपाइने भन्दै प्रधानमन्त्रीले स्वयं उत्तेजक हुने अभिव्यक्ति दिनेकुरा कल्पना बाहिरको कुरा भएको बताउनु भयो ।