सत्तारुढ दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका सबै कुराहरूको जिम्मेवारी काँग्रेसले नलिने स्पष्ट पारेको छ । सोमवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको काँग्रेस पदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्री ओली नेकपा (एमाले) को समेत अध्यक्ष रहनुभएको बताउँदै उहाँले भनेका सबै कुराहरूको जिम्मेवारी लिने कुरा नभएको बताउनु भयो ।