मिथिलामा वटसावित्री पर्व मनाइयो

जेठ १२, २०८२ सोमबार
मिथिलामा वटसावित्री पर्व मनाइयो

मिथिलाञ्चलमा सोमवार वटसावित्री अर्थात वरसाइत पर्व मनाइएको छ । विवाहित महिलाहरुले मनाउने यो पर्वलाई लिएर वर भएको ठाउँमा महिलाहरुको पूजाका लागि बिहानैदेखि भीड लागेको छ । पर्वमा महिलाहरु नयाँ सारी साया, ब्लाउज, लहठी, श्रृंगारका समानका अतिरिक्त पूजाको सामग्री किन्ने गर्दछन् । नव विवाहित महिलाहरुका लागि यस पर्वमा बेहुलाको घरबाट पूजाको सामग्रीका अतिरिक्त पाहुर समेत आउने गर्दछ । वटसावित्री पर्वलाई नारीत्व रक्षा, सन्तान प्राप्तिमा सहयोग गर्ने पर्वको रुपमा लिइने गरिन्छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images