गङ्गानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) नेकपा (माओवादी केन्द्र)मा समायोजन भएको छ । सोमवार ललितपुरको ग्वार्कोमा एक कार्यक्रमबीच श्रेष्ठ नेतृत्वको नेसपा माओवादी केन्द्रमा समायोजन भएको हो । समायोजन कार्यक्रममा माओवादी केन्द्रका महासचिव देव गुरुङले श्रेष्ठ नेतृत्वको नेसपा माओवादी केन्द्रमा समायोजन भएको घोषणा गर्नुभयो । साथै, उहाँले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र श्रेष्ठबीच पाँच बुँदे सहमति भएको घोषणा गर्नुभयो ।