समाजवादी क्रान्तिका लागि सबै माओवादी लिगेसी बोकेकाहरू एकतावद्ध हुनुपर्छः गङ्गानारायण श्रेष्ठ

जेठ १२, २०८२ सोमबार
समाजवादी क्रान्तिका लागि सबै माओवादी लिगेसी बोकेकाहरू एकतावद्ध हुनुपर्छः गङ्गानारायण श्रेष्ठ

नेपाल समाजवादी पार्टी (नेसपा) बाट नेकपा (माओवादी केन्द्र)मा समायोजन हुनुभएका नेता गङ्गानारायण श्रेष्ठले समाजवादी क्रान्तिका लागि सबै एकजुट हुनुपर्ने बताउनुभएको छ । सोमवार ललितपुरको ग्वार्कोमा भएको नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच पार्टी समायोजन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विगतको क्रान्तिको नेतृत्वको पुष्पकमल दाहालले गरेको बताउँदै फेरि उहाँकै नेतृत्वमा अर्को समाजवादी क्रान्ति गर्नुपरेको बताउनु भयो । उहाँले समाजवादी क्रान्तिका लागि सबै माओवादी लिगेसी बोकेकाहरू एकतावद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images