बैंक तथा वित्तीय सुधारका विधेयकमा व्यापकताको अनुभुति भएनः सांसद थापा

जेठ १२, २०८२ सोमबार
बैंक तथा वित्तीय सुधारका विधेयकमा व्यापकताको अनुभुति भएनः सांसद थापा

नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले बैंक तथा वित्तीय क्षेत्र सुधारका उद्देश्यसहित ल्याउने तयारी भइरहेको विधेयकमा व्यापकताको अनुभुति नभएको बताउनुभएको छ । सोमबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा सरोकारवालासँगको छलफलमा भाग लिँदै सांसद थापाले यस्तो बताउनुभएको हो । उहाँले बैंकमा खरबौं रकम थुप्रने तर लगानी नहुने परिस्थिति कानूनको अभावका कारण भएको हो भने त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images