शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले युवा पुस्तालाई विदेश पठाएर मुलुकको अर्थतन्त्र अघि बढ्न नसक्ने बताउनुभएको छ । सोमवार नेपाली काँग्रेस शिक्षा विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहँँले युवालाई विदेश पठाएर शिक्षा क्षेत्र अघि बढ्न नसक्ने बताउनु भयो । उहाँले अहिलेको शिक्षाको स्थितिलाई कसरी सम्बोधन गर्ने ? भन्नेबारे सोच्न जरुरी रहेको बताउनु भयो । उहाँले बुद्धिजीविहरुलाई राजनीतिक दलहरुको चाकरी नगर्न आग्रह गर्नुभयो ।