राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले वर्तमान व्यवस्था विरुद्धको आन्दोलन शान्तीपूर्ण र अहिंसात्मक हुने बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले यस्तो बताउनु भएको हो । उहाँले शान्तीपूर्ण र अहिंसात्मक बाटोबाटै आफूहरुले परिवर्तन खोजेको अध्यष लिङ्देनको भनाइ छ । उहाँले भारतमा १ सय ९० वर्ष पुरानो ब्रिटिश शासन अहिंसात्मक आन्दोलनबाट अन्त्य भएको उदाहरण दिँदै नेपालमा पनि जनताले शान्तिपूर्ण तर व्यापक आन्दोलन गरे यो व्यवस्था पलभरमै ढाल्न सकिने दाबी गर्नुभयो ।