प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका क्रममा बजेट घोषणा गर्ने दिन सारिने बताउनुभएको छ । सिंहदरबारमा आयोजित राष्ट्रिय पर्यटन संवादलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले गणतन्त्र दिवस सार्न नमिल्ने भएपनि बजेट ल्याउने दिन भने सार्न सकिने उहाँको भनाइ छ । बजेट ल्याउने दिन पनि जेठ १५, गणतन्त्र दिवस पनि जेठ १५ गते पर्दा धेरै समय गणतन्त्र दिवसलाई दिन नसकिएको बताउनु भयो । उहाँले त्यसका लागि बजेट घोषणा गर्ने दिन संशोधन गर्नुपर्ने बताउनु भयो । बजेट ल्याउने दिन संविधानबाट संशोधन गर्न जरुरी रहेको बताउनु भयो ।