प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशासनिक झन्झटलाई समाधान गर्न जरुरी रहेको बताउनुभएको छ । सिंहदरबारमा आयोजित राष्ट्रिय पर्यटन संवादलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले आफूले जान्दादेखि नै प्रशासनकि झन्झट हुने गरेको सुनेको र अझै पनि त्यस्तै अवस्था रहेको बताउनु भयो । कान बुढा भइसक्दा पनि प्रशासनिक झन्झट समाधान गर्न नसक्नु दुःखद् रहेको बताउनु भयो । उहाँले अरुले शासन गर्दा प्रशासनिक झमेला हुनेकुरा सुन्ने गरेको र अहिले आफूहरुले शासन गर्दा पनि नबदलिएको भन्दै असन्तुष्टि जनाउनु भयो । उहाँले शाहसिक ढंगले कामहरु गर्नुपर्नै र नयाँ चरणबाट सोचेर समस्याहरुको समाधान गर्नुपर्ने बताउनु भयो ।