पोखरा विमानस्थलमा अनियमितता भएको भए कारबाही हुन्छः प्रधानमन्त्री ओली

जेठ १२, २०८२ सोमबार
पोखरा विमानस्थलमा अनियमितता भएको भए कारबाही हुन्छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अनियमितता भएको भए कारबाही हुने बताउनुभएको छ ।  सिंहदरबारमा आयोजित राष्ट्रिय पर्यटन संवादलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले नेपालले विभिन्न स्थानमा विमानस्थल बनाएको भएपनि चल्न नसकेको बताउनु भयो । पोखरा विमानस्थल ह्याण्डओभर भएको तर ह्याण्डओभर भयो भनेर लिखित पत्र नै नदिएको बताउनु भयो । उहाँले पेपर नदिएर किन अल्झाएको ? भन्दै प्रश्न गर्नुभयो । विमानस्थलमा वाह्य विमानहरु त्यति धेरै नआएपनि आन्तरिक उडानको चाप रहेको जिकिर गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images