संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले देशको आर्थिक विकासमा पर्यटन क्षेत्रको महत्वपूर्ण योगदानलाई आत्मसाथ गर्दै पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको बताउनुभएको छ । सोमवार राष्ट्रिय पर्यटन संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले नेपाल सरकारले पर्यटन प्रवद्र्धनका लागि नीतिगत सुधारका साथै नवप्रवद्र्धनमा आधारित कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयन गरिरहेको बताउनुभएको हो । उहाँले पर्यटन क्षेत्रको विकास र विस्तारका लागि निजी क्षेत्रको योगदान सराहनीय रहेको समेत बताउनु भयो । निजी क्षेत्रबाट पर्यटन क्षेत्रमा भएको लगानीले आन्तरिक रोजगारी सिर्जना, वैदेशिक मुद्रा आर्जन, नेपाली वस्तु तथा सेवाको अन्तर्राष्ट्रिय बजार विस्तार र स्थानीय उत्पादनमा समेत सकारात्मक असर मन्त्री पाण्डेको भनाइ छ । उहाँले सरकारी तथा निजी क्षेत्रबाट भएको लगानी र नीतिगत सुधारका कारण पर्यटन उद्योगको आकार विस्तारका साथै पर्यटक आगमन दर तथा पर्यटकहरूले गर्ने खर्चमा समेत वृद्धि भएको बताउनु भयो ।