भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पूर्व पश्चिमका राजमार्गहरु र उत्तर दक्षिणका कोरिडोर तथा राजमार्गहरुको निर्माण अन्तिम चरणमा पुगेको बताउनुभएको छ । सोमवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा सिंहदरबारमा आयोजित राष्ट्रिय पर्यटन संवादमा बोल्दै मन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले उत्तर दक्षिणका करिडोर तथा राजमार्गहरु जनघनत्वको हिसावले पहाडसम्म बनाउनै पर्ने भएपनि उत्तरतर्फ भने पर्यटकको सहजता र पहुँचका लागि बनाइरहेको जानकारी दिनुभयो ।