वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन क्षेत्रमा पर्यटनका सम्भवनाहरु बढी रहेको बताउनुभएको छ । सिंहदरबारमा आयोजित राष्ट्रिय पर्यटन संवादलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्यटनको सम्भावना उच्च रहेको बताउनु भयो । उहाँले त्यसमा रहेका कानूनी अड्चनहरु हटाउँदै जाने बताउनु भयो । समस्याहरु क्रमशः सुधार गर्दै जाँदा वन क्षेत्र पर्यटकको आकर्षणको केन्द्र बन्ने बताउनु भयो । पर्यटन क्षेत्रलाई विकास गर्न पूर्वाधारको विकास जरुरी रहेको बताउनु भयो । हिमाली क्षेत्रमा पर्यटनका धेरै सम्भावना रहेको पनि बताउनु भयो ।